पाँचथर: ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापर्ण भएको छ । 

गिरिराज बाँस्कोटाद्धारा लिखित उक्त कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आईतवार लोकापर्ण गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल बैधले कृतिको लोकपर्ण गरका थिए । केन्जो खवर डकमले अयाोजना गरेको कार्यक्रममा विमोचन भएको कृतिमा २७ वटा कविता संलग्न रहेका छन् । 

लेखक बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष समेत हुन् । कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखि क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्नाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गरे ।  हरेक कविताले विभिन्न विषयको उजागर गरेको उनको भनाई थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैधले एउटा यायावरले लेखेको कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताए थिए । 

उक्त समारोहमा बोल्दै पाँचथरमा प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले साहित्यलागि महत्पूर्ण जिल्लाबाट पत्रकारले लेखेको पुस्तकले पक्कै महत्वपूर्ण स्थान हासिले गर्ने अपेक्षा राखे ।

कार्यक्रममा साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बा लगायतका साहित्यक रचना पाठगरेका थिए । साहित्यकारको उलेख्य उपस्थीतिमा भएको उक्त कार्यक्रममा चाडपर्वको शुभकामना आदन प्रदान तथा गायन समेत भएको थियो ।