धरान: सानै उमेरदेखि गीत गाउने रहर बोकेकी हर्षु राई हिमायती जनसँस्कृतिक कलाकार समुहमा आवद्ध हुन पुगिन्, र भइन् जनवादी गायिका । 

उनको गाएको गीत चेलीको सिन्दुर पुछियो चर्चित गीत हो । गाउँ वस्तीमा पुगेर उनले प्रत्यक्ष यो गीत गाउदा गाउँका महिलाहरु धुरु धुरु रुन्थे । उनलाई भने गीत सुनेर किन रोएको होला भन्ने लाग्थ्यो । ती रुने महिलाहरु चै गायिका (हर्षु) कति सानै उमेरमा विधवा(एकल) भएछ भन्ने सोचेर रोएका थिए रे । 

तिनै जनवादी गायिकाले देशभक्तिको भाव बोकेको गीत ‘मेरो देश नेपाल..’ गाएकी छिन् । यो गीतको म्युजिक भिडियो पनि तयार भएको छ । हिजो (सोमबार) सोही म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा गायिक राईले आफ्नो पुरानो स्मृतिका पन्ना पल्टाउदै चेलीको सिन्दुर पुछियो..गीतसँगको सँस्मरण सुनाएकी हुन् । 

harsu1

गायिका राईले २०४४ देखि जनवादी गीतहरु थुप्रै गाइन् । प्रजातन्त्र पुर्नस्थापनापछि जनवादी गीत पछि उनले आधुनिक गीतहरु पनि गाइन् । अहिले देशभक्तिको भाव बोकेको गीत पनि उनको स्वरमा रेकर्ड भइसकेको छ । देशभक्तिपुर्ण गीत 'मेरो देश नेपाल..' गायिका राईको स्वर छ भने यो गीत पत्रकार गोपाल दाहालले लेखेका हुन् । यो गीतमा विनोद प्रियदर्शी राईले संगीत भरेका छन् भने किरण कँडेलको संगीत संयोजन छ । गीतको भिडियो नगेन्द्र राईले निर्देशन, छाँयाकन र सम्पादन गरेका छन् । सोमबार एक कार्यक्रमबीच वरिष्ठ गायक दिप श्रेष्ठ र धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । 

harsu3

वरिष्ठ गायक श्रेष्ठले देशभक्तिपुर्ण गीतहरु कमै लेखिएको र गाउने क्रम पनि कम भइरहेको बताए । उनले देशभक्तिको गीत लेख्नु र गाउनु सह्रानीय कार्य भएको पनि बताए । उपप्रमुख भण्डारीले गीत सुनिरहदा देश नै बोलिरहेको अनुभूति भएको बताइन् । शब्द, संगीत, गायकी र म्युजिक भिडियोले पनि गीतलाई न्याय गरेको उनको भनाई थियो । सिल्भर इन्टरटेन्मेन्टको व्यवस्थापनमा भएको भिडियो विमोचन कार्यक्रममा गायिका राईले ‘मेरो देश नेपाल’ र ‘चेलिको सिन्दुर पुछियो’ बोलका गीत गाएकी थिइन् । गायिका राईको स्मृति र प्रिति नामको २ वटा एल्वम पनि बजारमा आइसकेको छ । 

भिडियो: