इटहरी: निरन्तरको बर्षासँगै आएको बाढीले मानवीय र भौतिक क्षति व्यहोर्नु परेपछि इटहरी उपमहानगरपालिकाको आकस्मिक कार्यपालिका वैठक बसेको छ । 

उक्त बैठकले बाढी पीडितको राहत र उद्दारमा कुनै कसर वाँकी नराख्ने निर्णय गरेको छ । वैठकले उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले ७ दिनको पारिश्रमिक विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगरस्तरीय विपद ब्यवस्थापन समितिका सदस्य सचिव पुष्प चौधरीले जानकारी दिए । नगर प्रमुख द्वारिकलाल चौधरीले एक महिनाको तलव जम्मा गर्ने घोषणा गरेका छन् । कार्यपालिकाको वैठकले बाढीका कारण इटहरीमा ज्यान गुमाउनेका परिवारलाई किरिया खर्च वापत २५ हजार उपलब्ध गराउने निर्णय गरेको छ । 

यसैगरी वडाहरुमा पीडितका लागि लत्ता कपडा र मेस सञ्चालन गर्न सवै वडालाई एक लाखका दरले पेश्की उपलब्ध गराउने निर्णय गरेको छ । बाढीले भत्काएका बाटो, कल्भर्ट तत्काल मर्मत गरिने भएको छ । वैठकले उद्धार तथा राहत कार्यमा जुटन सम्पूर्णमा आग्रहसमेत गरेको छ । यसअघि दिउँसो वंैक तथा वित्तीय सस्थाहरुसँगको वैठकमा वैक तथा वित्तीय सस्थाहरुले राहतकोषमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । वैठकमा नगरप्रमुख द्धारिकलाल चौधरीले वाढीपीडितहरुका लागि सहयोगका लागि वैक तथा वित्तीय सस्थाहरुका प्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।