धरान: धरानको वडा नं १३ स्थित फुस्रे चोकको एक घरमा आगलागी भएको छ । 

आज बिहान करिब साढे १० बजे फुस्रे चोकस्थित उत्तम श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागी भएको समय घरमा बुहारी मात्र थिइन् । पेट्रोल सार्ने क्रममा किचनको  ग्याँसमा आगो सल्किएको प्रहरीले जनाएको छ । 

उपमहानगरपालिकाको दमकम, फुस्रेस्थित नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । स्थानीयबासीले पनि आगो नियन्त्रणमा प्रयास गरिरहेका छन् । 

ago1

ago4

ago2

ago6

ago5

ago3

ago7

ago8

ago9