धरान" मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतको लागि पेश गरेको प्रस्तावमाथि छलफल हुने भनिएको आजको प्रदेशसभा बैठक रोक्न नेपाली कांग्रेस र नेकपा एमालेले माग गरेको छ । 

दुवै दलले वैठक स्थगित गर्न माग गर्दै सभामुखलाई निवेदन दिइसकेको छ । कांग्रेसले आज प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणमा आएको कारण देखाउदै बैठक रोक्न माग गरेको छ । तर, विपक्षी गठबन्धनबीचमा नै मुख्यमन्त्री को बन्ने भन्ने विवादको कारण कांग्रेसले निवेदन दिएको बताइएको छ । प्रदेश १ को मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने गठबन्धनका शीर्ष नेतहरुबीच सहमति भएको थियो । तर, प्रदेश १ मा भने कांग्रेसका नेता, कार्यकर्ताहरुबीचमा कांग्रेसले मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएका छन् । मुख्यमन्त्रीको बिषयलाई लिएर कांग्रेसभित्रै तीब्र असन्तुष्टी रहेको र विश्वासको मतबारे मतदान हुँदा फ्लोर क्रस हुने जोखिम भएकोले पनि कांग्रेसले वैठक रोक्न निवेदन दिएको चर्चा छ । 

यसैबीच, नेकपा एमालेले पनि पार्टीको १४ औं महाधिवेशनअन्तर्गत कार्तिक ९ गते पालिकास्तरको अधिवेशन, त्यसलगत्तै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक हुने भन्दै बैठक स्थगित गर्न माग गरेको छ । एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सभामुखलाई पत्र लेख्दै कार्तिक १५ गतेमात्र सभाको बैठक राख्न उपयुक्त हुने बताएका छन्। 

सर्वदलीय बैठक बस्दै

नेपाली कांग्रेस र नेकपा एमालेले आजको प्रदेशसभा बैठक रोक्न माग गरेपछि सर्वदलीय बैठक बसेको छ । केहीबेर अघि सर्वदलीय बैठक बसेको थियो । अहिले दलहरु आन्तरिक छलफलमा छन् । दलहरुको यो छलफल सकिए पछि पुनः सर्वदलीय बैठक बस्ने तयारी छ ।  

एमाले मुख्य सचेतक भण्डारीले सर्वदलीय बैठकमा सामान्य छलफल भएको र अहिले गठबन्धनका दलहरु छलफलमा बसिरहेको बताए । उनले भने, सभामुखले सर्वदलीय बैठक बोलाउनु भएको छ । गठबन्धनको बैठक हुदैछ । हामी त ढुक्कले बसेका छौ । 

uml 1