धरान: विपक्षी गठबन्धनमा मुख्यमन्त्री को बन्ने भन्ने बिषयको विवाद सुल्झन नसक्दा आजको प्रदेशसभा बैठक बस्दै नबसी कार्तिक १५ गते मध्याह्नसम्मको लागि स्थगित भएको छ । 

आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजनमार्फत मतदान गर्ने कार्यसुची रहेको थियो । तर, बैठक स्थगित गर्न माग गर्दै नेपाली कांग्रेसले लिखित निवेदन दिएको थियो । लगत्तै, नेकपा एमालेले पनि पालिका तहको अधिवेशन भइरहेको भन्दै बैठक कार्तिक १५ गते मात्र बस्न उपयुक्त हुने भन्दै निवेदन दिएपछि बैठक बस्न नसकेको हो । प्रदेशसभा सचिवालयले प्रदेशसभाको बैठक कार्तिक १५ गते दिउँसो साढे १२ बजे बस्ने सुचना जारी गरेको छ । 

प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले सुचना जारी गर्दै कांग्रेस र एमालेले बैठकको मिति परिवर्तन गर्न लिखित अनुरोध आएकोले नियमावली २ा०७४ को नियम ६ को उपनियम (३) वमोजिम बैठक बस्ने मिति परिवर्तन गरिएको जानकारी दिएका छन् । कांग्रेसले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको भ्रमण प्रदेश १ मा भएको वहाना गर्दै बैठक स्थगित गर्न लिखित निवेदन दिएको थियो । यद्यपी, कांग्रेसले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने अडान राखेपछि गठबन्धनभित्र लफडा शुरु भएको छ । असन्तुष्ट कांग्रेस सांसदहरुले फ्लोर क्रस गर्ने डर पनि कांग्रेसलाई छ । यसले मुख्यमन्त्री आचार्यको सरकारको आयु भने लम्बिएको छ । 

 pradesh-notice