धरान: नेकपा एमाले धरान उपमहानगर कमिटी (संस्थापन)को अधिवेशनको बन्द सत्रले अध्यक्षसहित पदाधिकारीहरुमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । 

धरान १० स्थित सैनिक भवनमा जारी बन्द सत्रले अध्यक्षमा हर्कजंङ एभेङलाई सर्वसम्मत चयन गरेको हो । यस्तै, उपाध्यक्षमा सविता राई, सचिवमा सुदेश चापागाईलाई सर्वसम्मत चयन गरेको छ भने सहसचिवद्धयमा जोन राई र सुमन लिम्बु चयन भएका छन् । पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन भइसके पनि निर्वाचन मण्डलबाट औपचारिक घोषणा भने हुन बाँकी छ । 

dharan-uml7

यस्तै, सदस्यहरुमा पनि सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको छ । बिशेष गरि खुल्ला सदस्य ७ जनाको कोटामा धेरैको उम्मेदवारी मनोनयन परेको छ । त्यसैले सर्वसम्मत चयन गराउन नेताहरुले छलफल र प्रयास गरिरहेका छन् । एमालेको नयाँ विधान अनुसार उपमहानगर कमिटी ८५ सदस्यीय हुनेछ । अधिवेशनमा २६४ जना आयोजक, वडाबाट आएका २५१ जना प्रतिनिधि छन् भने थप ५ प्रतिशत प्रतिनिधि मनोनित भएर सहभागी भएको अध्यक्ष एभेङले जानकारी दिए ।

dharan-uml1 2 

हिजो मंगलबार उद्घाटन भएको अधिवेशनको बन्द सत्रले राजनैतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत भएके थियो । उक्त प्रतिवेदनमाथि विभिन्न समुह बनाएर छलफल गरि दोस्रो दिन(बुधबार) पारित भएको अध्यक्ष मण्डलका अध्यक्ष मोतिराज सुनुवारले जानकारी दिए । प्रतिवेदनहरुमा विधिवतरुपमा छलफल गरि परित गर्नुपर्ने भएकोले नेतृत्व चयनमा ढिलाई भएको उनले बताए । नेताहरुबीचमा सहमति हुन नसक्दा अधिवेशन दुई तिर भएपनि संस्थापन पक्षको अधिवेशनमा उल्लेख्य प्रतिनिधि र कार्यकर्ताहरु सहभागी भएपछि नेताहरु उत्साहित भएका थिए ।

भिडियो:

 

dharan-uml2


dharan-uml5

dharan-uml3

dharan-uml8
dharan-uml10

dharan-uml9

dharan-uml6

dharan-uml12

dharan-uml19

dharan-uml18

dharan-uml14

dharan-uml11

dharan-uml13

dharan-uml15

dharan-uml16