धरान: नेकपा एमाले धरान उपमहानगर कमिटी संस्थापन पक्षको अधिवेशनबाट हर्कजङ्ग एभेङको अध्यक्षतामा ८५ सदस्यीय नयाँ कमिटी चयन भएको छ । 

नगर अधिवेशनको बुधबार राती सम्पन्न बन्द सत्रले एभेङ्को अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । एभेङ यसअघि पनि एमाले धरानको अध्यक्ष थिए । बन्द सत्रले उपाध्यक्षमा सविता राई, सचिवमा सुदेश चापागाईलाई पनि सर्वसम्मत चयन गरेको छ भने सहसचिवद्धयमा जोन राई र सुमन लिम्बु चयन भएका छन् । यसैगरि, कमिटीमा वडागत(भुगोल), महिला, दलित, खुला, युवा–विद्यार्थी र मुश्लिम कोटाबाट पनि सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।

नवनिवार्चित कमिटीलाई बन्द सत्रको अध्यक्ष मण्डलका सदस्य मुरारी सुवेदीले पद तथा गोपनियताको सपथ खुवाएका थिए भने अध्यक्ष मण्डलका अध्यक्ष मोतिराज सुनुवारले बधाई ज्ञापन गरेका थिए । नवनिवार्चित अध्यक्ष एभेङले प्रतिवद्धता व्यक्त गर्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने बताए ।

Uml-dharan 1

uml-dharan2 1