धरान: संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पदाधिकारीहरु नियुक्ती गरिदा पैसाको चलखेल नहुने बताएका छन् ।

मन्त्री खापुङले आइतबार धरान उपमहानगरपालिकामा नागरिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, पत्रकारहरुसँगको अन्र्तक्रियामा यस्तो बताएका हुन् । अन्र्तक्रियामा सबै वक्ताहरुले वीपीमा पैसा लिएर पदाधिकारी नियुक्ती गर्ने गरेको र त्यसैले गर्दा भ्रष्टचार बढाएको भन्दै आलोचना गरेपछि मन्त्री खापुङले वर्तमान सरकारले नियुक्तीमा आर्थिक चलखेल नगर्ने दाबी गरेका हुन् । मन्त्री खापुङले प्रतिष्ठानको खाली भएको पदमा सक्षम र योग्य व्यक्तिहरुलाई मात्र नियुक्त गर्ने पनि बताए । 

उनले वीपी प्रतिष्ठान धरासायी भइरहेकोबारे मन्त्रालय र सरकारलाई जानकारीमा भएको भन्दै सरकारको पनि गहिरो ध्यान पुगेको बताए । साथै उनले संघ सरकार र स्थानीय सरकारसँगै धराने जनता, जनप्रतिनिधि मिलेर प्रतिष्ठानलाई सुधार गर्न सकिने पनि धारणा राखे । उनले प्रतिष्ठान सुधार गर्नकै लागि सरकारले स्वास्थ्यमन्त्री विरोध खतिवडाको नेतृत्वमा समिति बनाएको र प्रतिवेदन आएपछि सरकारले निर्णय गरेर अघि बढ्ने पनि बताए । 

bhawani1

अन्र्तक्रियामा धरान काठमाण्डौं सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले विगतमा योग्य र सक्षम व्यक्ति भन्दा पनि पैसा बुझाएर आफ्ना नियुक्ती गर्ने प्रवृत्तिले वीपी प्रतिष्ठान धरासायी भएको बताए । उनले प्रतिष्ठानमा दुषित राजनीति नगर्न र पैसा खाएर नियुक्ती नगर्न आग्रह गरेका थिए । सकेसम्म धरानलाई र प्रतिष्ठानमा बुझेको यहीको सक्षम व्यक्तिलाई नियुक्ती गर्नुपर्ने उनको सुझाव थियो । 

धरान नागरिक दबाब सञ्जालका सदस्य एवं पुर्वप्राध्यापक हरिप्रसाद दाहालले गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई पुरस्कृत गर्नुपर्ने बताए । यसले राम्रा चिकित्सकहरुलाई पलायन हुनबाट रोक्ने पनि उनको धारणा थियो । वर्तमान सरकारले पनि प्रतिष्ठानलाई हालको समस्याबाट पार नलगाएर जनतामा जुनै जोगी आएपनि कानै चिरेका भन्ने उखान झै चरितार्थ हुने उनले बताए । साथै, छानबिन समितिको प्रतिवेदन धमिराले खाउञ्जेल नहेर्ने चलन पनि त्यागेर सरकारले नयाँढंगले काम गर्न पनि उनले सुझाव दिए । 

भिडियो: