धरान: प्रदेश नं १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । 

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ को उपधारा २ वमोजिम राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएका राईलाई प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहणको तयारी पनि भइरहेको छ । नेकपा एमालेका नेता भीम आचार्यले बहुमत जुटाउन नसक्ने अवस्था आएपछि विश्वासको मतको प्रस्तावमाथि मतदान हुनअघि नै मुख्यमन्त्रीबाट सोमबार राजिनामा दिएका थिए ।

उनले राजिनामा दिएपछि गठबन्धन दलहरुले बहुमत सदस्यको हस्ताक्षरसहित राईलाई मुख्यमन्त्रीकोरुपमा अघि सार्दै नयाँ सरकार गठनको दाबी पेश गरेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएका राई भोजपुरबाट प्रदेशसभामा निवार्चित सांसद हुन् ।