धरान: तिहार झिलिमिलि बत्ति र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरि देउसी र भैली खेल्दै मनाइने चाड हो, तिहार । 

तिहारमा दियो, बत्ति बालेर घरलाई झिलिमिलि पारिन्छ । फूलको मालाले सिंगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिलि बत्तिले ठाउँ पाएको छ ।

लक्ष्मीपूजा सकेपछि पटका पड्काएको आवाजहरु धरानभरि सुन्न सकिन्छ । लक्ष्मी पूजा सकेपछि नै देउसे भैलो टोलीहरु पनि घर घरमा डुल्न थालेका छन् । आज महिलाहरुले मात्र भैलो खेल्ने चलन भएपनि पुरुषहरुको टोली र विभिन्न नृत्य कला समुहहरुको टोली पनि गीत, नृत्य लिएर देउसी खेल्न शुरु गरेका छन् ।

jhilimili-dharan9

jhilimili2

jhilimili-dharan8

jhilimili-dharan6

jhulimili-dharan5

jhilimili-dharan4

jhilimili-dharan1

jhili

jhilimili-15

jhilimili-16