धरान: नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत प्रदेशसभा कार्यसमितिको नेतृत्व तथा प्रदेश अधिवेशन प्रतिनिधि चयन गर्न देशभर मतदान शुरु भएको छ । 

कांग्रेसको प्रदेशसभा सुनसरी १ (१) र प्रदेशसभा सुनसरी १(२) को कार्यसमिति तथा प्रतिनिधि चयनको लागी धरानको २ वटा मतदान केन्द्रमा पनि मतदान शुरु भएको छ । प्रदेशसभा सुनसरी १ (१) को मतदान धरान ८ स्थित सभागृह परिसरमा भइरहेको छ भने प्रदेशसभा १(२) को मतदान धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा भइरहेको छ । दुवै क्षेत्रमा हिजो उम्मेदवारी मनोनयन दर्ता भएको थियो । कांग्रेसको प्रदेशसभा १(१)मा ३७६ र प्रदेशसभा १(२)मा २५२ जना मतदाता प्रतिनिधिहरु छन् । दुवै क्षेत्रमा संस्थापन र इतर समुहले प्यानल उम्मेदवारी मनोनयन दर्ता गराएको छ । 

congress6 1

प्रदेशसभा सुनसरी १(१) मा संस्थापन समुहबाट सभापतिमा मदन ढकालको नेतृत्वमा प्रदेशसभा १(१)मा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उपसभापतिमा कुमारबहादुर मोक्तान र मनोजकुमार सुब्बा, सचिवमा राजेन्द्र राई र सुनिल चन्द्र श्रेष्ठ, सहसचिवमा कमलप्रसाद भट्टराई र विष्णुमाया गुरुङले उम्मेदवारी दिएका छन् ।

यस्तै, इतर समुहबाट सभापतिमा अनिल श्रेष्ठको नेतृत्वमा उम्मेदवारी मनोनयन दर्ता भएको छ । उनको समुहबाट उपसभापतिमा झुमादेवी राई र प्रदिप शाक्य, सचिवमा युवराज शंकर र राजेन्द्रकुमार राई, सहसचिवमा रमिता श्रेष्ठ र हरिप्रसाद ओझाले मनोनयन दर्ता गराएका छन् ।

congress7 1

प्रदेशसभा सुनसरी १(२)को कार्यसमितिको लागी पनि कांग्रेसको दुवै समुहले प्यानल उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । संस्थापन (देउवा) समुहबाट सभापतिमा अजयकुमार राई, उपसभापतिमा सन्देश श्रेष्ठ र अमृतबहादुर खड्का, सचिवमा सुरजप्रसाद अधिकारी र संगीता राई, सहसचिवमा सर्वन धामी र बिक्रम राईको उम्मेदवारी मनोनयन दर्ता भएको छ । 

यस्तै, संस्थापन इतर पौडेल र कोइराला समुहबाट सभापतिमा मुरारी भट्टराईको उम्मेदवारी छ भने उपसभापतिमा चन्द्रबहादुर मगर(अनिल) र डिल्लीसेर राई, सचिवमा राजेन्द्र खड्का र विजय घिमिरे, सहसचिवमा रोहित काफ्ले र मञ्जु राईको उम्मेदवारी मनोनयन दर्ता भएको छ । 

भिडियो:

congress2 2

congress3 2

congress4 1

congress8