धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को निर्वाचनको मतगणना जारी छ । 

धरान ८ सभागृहस्थित मतदान केन्द्रमा जारी मतगणनामा ४ सय मतको परिणाम सार्वजनिक भएको छ । जसअनुसार संस्थापन इतर समुहका सभापतिका उम्मेदवार सुजेन्द्र तामाङको प्यानलले अग्रता कायमै राखेको छ । ४ सय मत गणना हुँदा तामाङले २६१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी संस्थापन देउवा समुका उम्मेदवार लक्ष्मी खतिवडाले १३३ मत पाएकी छिन् । 

यसैगरि, तामाङ प्यानलका सचिव उम्मेदवार महेन्द्र प्रधानले २४७ र केशव पुरीले २१४ मत पाएका छन् भने खतिवडा प्यानलका सचिव उम्मेदवारद्धय देवेन्द्र लिम्बुले १८१ र जयबहादुर लिम्बुले १०७ मत पाएका छन् । यस्तै, सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपानेले २५१ र सुमित राईले २६२ मत पाएका छन् भने खतिवडा प्यानलका उम्मेदवारद्धय नविन ढकालले ९७ र नादर राईले १२५ मत पाएका छन् ।