धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्गर्तत जारी सुनसरी १ नम्बर क्षेत्रीय समिति निर्वाचनको मतदान सकिएको छ । 

धरान ८ स्थित सभागृहमा जारी निर्वाचनमा बिहान ९ बजेदेखि मतदान शुरु भएको थियो । मतदान समय दिउँसो ३ बजेसम्म तोकिएको थियो । निर्धारित समयभित्र ६ सय १६ मत खसेको मतदान अधिकृत इन्द्रमोहन झाले जानकारी दिए । क्षेत्र नं १ मा कुल ६ सय २९ मतदाता रहेका छन् । 

मतदान अधिकृत झाले मतगणना शुरु गर्ने तयारी भएको पनि बताए । उनले भने,‘मत गणना शुरु हुनै लागेको छ । मतदानमा ६१९ मत खसेको हाम्रो तथ्यांक छ।’