धरान : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज क्षेत्रीय कार्यसमितिको लागी निर्वाचन हुदैछ । सुनसरी क्षेत्र नं १ को पनि नेतृत्व चयन गर्न मतदान शुरु भएको छ । 

सुनसरी क्षेत्र १ को नेतृत्व चयन गर्न धरान ८ स्थित सभागृहमा मतदान केन्द्र तोकिएको छ । यहाँ आज बिहानैदेखि कांग्रेस नेता, कार्यकर्ताहरुको उत्साहपुर्वक जमघट छ । निर्वाचनमा संस्थापन देउवा समुह र इतर पौडेल कोइराला समुहले प्यानल बनाएर हिजो उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । संस्थापन समुहबाट सभापतिमा महिला नेतृ लक्ष्मी खतिवडाको नेतृत्वमा प्यानल उममेदवारी छ भने इतर समुहबाट सुजेन्द्र तामाङको नेतुत्वमा प्यानल उम्मेदवारी दर्ता भएको छ । 

congress-elec1

मतदान अधिकृत इन्द्रमोहन झाका अनुसार बिहान ८ बजेदेखि मतदान शुरु गर्ने भनिए पनि करिब एक घण्टा ढिला गरि मतदान शुरु भएको छ । क्षेत्र नं १ मा ६२९ जना प्रतिनिधिहरु रहेको अधिकृत झाले जानकारी दिए । उनले भने,‘बिहान ८ बजेदेखि मतदान शुरु गर्ने भनिएको थियो, तर प्राविधिक कारणले गर्दा झण्डै एक घण्टा ढिला शुरु भयो ।’

संस्थापन (देउवा) समुह खतिवडाको प्यानलबाट सचिवमा देवेन्द्र लिम्बु र जयबहादुर लिम्बु उम्मेद्वार छन् भने सहसचिवमा नारद राई र नविन प्रसाद ढकाल चुनावी मैदानमा छन् । यसैगरि, पौडेल कोइराला समुह तामाङको प्यानलबाट सचिवमा महेन्द्र प्रधान र केशव पुरीले उम्मेदवारी दर्ता गराएका छन् भने सहसचिवमा भोजकुमार राई र सुमित राईले उम्मेदवारी दिएका छन् ।

प्रचार एउटाको उम्मेदवार अर्कै

हिजो बिहान उम्मेदवारी मनोनयन दर्ता गर्ने समय नजिकिदै गर्दा संस्थापन देउवा पक्षले पत्रकार सम्मेलन गर्दै सभापति उम्मेदवार लक्ष्मी खतिवडा हुने घोषणा गर्यो । जबकी अघिल्लो दिनसम्म सभापतिमा धरानका मेयरसमेत रहेका नेता तिलक राईलाई उठाउने भन्दै प्रचारप्रसार र वडा वडामा भोट माग्ने अभियान तीब्र बनाएको थियो । 

congress-election

शुक्रबार भएको प्रदेशसभा १(क) र प्रदेशसभा १(ख) को मतपरिणाम आएपछि भने राईले उम्मेद्वारी नदिने निर्णय गरे । उनी विगतमा संस्थापन इतर पौडेल कोइराला समुहमा थिए । क्षेत्रीय सभापतिमा आफ्नो समुहबाट उम्मेदवार नहुने अवस्था भएपछि उनी देउवा समुहतिर लागेका थिए । हिजो देउवा समुह त्यागेर उनी पुनः पौडेल कोइराला समुहमा नै फर्किएका छन् । यो समुहलाई उनलाई महाधिवेशन प्रतिनिधि बनाएको छ ।

congress-elec2

congress-elect4

congress-elect7

congress-elect6