धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी जिल्लाको नेतृत्व चयन गर्न हिजो भएको निर्वाचनको मतगणना जारी छ । 

इनरुवामा जारी मतगणनामा हालसम्म खसेको मतको २३१९ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृत उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार २७७४ मत खसेको थियो । हालसम्म २३१९ मत गणना भइसक्दा सभापतिका उम्मेदवार केदार भण्डारी अगाडि देखिएका छन् । 

अधिकृत पौडेलले दिएको जानकारी अनुसार सभापतिमा भण्डारीले १२५१ मत पाएका छन् भने सञ्जय श्रेष्ठले ११२८ मत पाएका छन् । ‘अब केही समय पछि फाइनल भइहाल्छ,’उनले भने ।