धरान:  नेपाली कांग्रेसको सुनसरी जिल्ला सभापतिमा केदार भण्डारी विजयी भएका छन् । 

इनरुवामा जारी मतगणनाको अन्तिम परिणाम अनुसार भण्डारीले सभापतिका प्रत्यासी सञ्जयप्रसाद श्रेष्ठलाई ११३ मतान्तरले पराजित गरेका हुन् । भण्डारीले १४२२ मत ल्याएर विजयी हुँदा श्रेष्ठले १३०९ मत पाए । भण्डारी पौडेल कोइराला समुहका हुन् भने श्रेष्ठ संस्थापन देउवा समुहका हुन् । 

यस्तै, उपसभापतिमा पनि भण्डारी प्यानलका नगेशचन्द्र राईले १३३५ र पंकजकुमार महतोले १३१३ मत पाएर विजयी भए भने सचिवमा पनि सोही प्यानलका माधव घिसिङ १२२९ र विरेन्द्रकुमार साह १४६७ मत पाएर विजयी भए । सहसचिवमा श्रेष्ठ प्यानलका संस्थापन समुहका गणेश सुब्बा १३०५ र मनिषकुमार राय ११७७ मत पाएर विजयी भए ।  

congress1 6