धरान: मोही हकदाबी गरिएको महेन्द्र बहुमुखी क्याम्पसको जग्गामा जोगाउन धरानका राजनीतिक दलहरु पनि अघि सर्ने भएका छन् ।

क्याम्पसको जग्गा संरक्षण गर्न गठित संयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबार आयोजना गरेको सार्वजनिक वहस कार्यक्रममा सहभागी राजनीतिक दलका नेताहरुले यस्तो धारणा राखेका हुन् । उनीहरुले विद्यार्थीहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै राजनीतिक दलहरुबीचमा पनि छलफल गर्ने र आवश्यक पहलकदमी लिने बताए । उनीहरुले क्याम्पसको सार्वजनिक सम्पत्ति हड्प्न भुमाफियाहरुले चलखेल गरिरहेको भन्दै कुनै पनि हालतमा सफल हुन नदिने प्रतिवद्धता पनि जनाए ।

mmc-jagga1

छलफलमा निमित्त क्याम्पस प्रमुख सकुल श्रेष्ठ र प्रशासन प्रमुख फडिन्द्र निरौलाले क्याम्पस प्रशासनकोतर्फबाट आफ्नो कुरा राखेका थिए । प्रशासन प्रमुख निरौलाले मोहीको छोरासँग पनि छलफल गर्दै मिलाउन प्रयास गरेपनि नमानेको जानकारी गराएका थिए । परिवारका सदस्यलाई जागिर दिने, मृत्यु भएका बुबाको नाममा कोष राखेर पुरस्कार दिने र मुद्दा फिर्ता लिन आग्रह गर्दा आधा जग्गा नै माग गरेपछि कुरा नमिलेको बताए ।

 छलफलमा क्याम्पस व्यवस्थापन समिति सदस्यसमेत रहेका कांग्रेस धरानका सभापति श्याम पोख्रेलले क्याम्पस प्रशासनलाई पनि खबरदारी गर्दै जग्गा बचाउन राजनीतिक दलहरुले अघि बढ्ने बताए । उनले क्याम्पस प्रशासनको धेरै कमजोरी रहेको पनि औल्याए । साथै उनले क्याम्पस प्रशासनकै मानिसबाट गोप्य कुरा चुहिरहेको हो कि भन्दै शंका पनि व्यक्त गरे । एमालेका अध्यक्षद्धय हर्कजंङ एभेङले भुमिसुधारको निर्णयविरुद्ध कानुनी उपचार खोज्नुपर्ने उल्लेख गर्दै विद्यार्थीहरुको संघर्षलाई आफ्नो पार्टीले पनि साथ दिने बताए । एमालेकै अर्का अध्यक्ष नारायण सुवेदीले पनि क्याम्पसको जग्गा कुनै पनि हालतमा कसैलाई हडप्न नदिने बताए । 

mmc-jagga5

जसपा अध्यक्ष ताजुब लिम्बुले क्याम्पसको जग्गा हत्याउन सफल भएमा धरानका अन्य सार्वजनिक जग्गाहरु नबच्ने भएकोले राजनीतिक दलहरुले संरक्षणमा अघि बढ्ने बताए । उक्त जग्गामा क्याम्पसले भवन बनाउन पनि उनले आग्रह गरे । कसैले भत्काउन आएमा राजनीतिक दलहरु अग्रमोर्चामा आउने पनि उनले बताए । माओवादी केन्द्रकी सचिव चेतना श्रेङ, नेकपाका नेता दिपेश राईलगायतले पनि सार्वजनिक सम्पत्ति जोगाउन राजनीतिक दलहरुले अग्रसरता लिने बताए ।

भिडियो: