धरान: वरिष्ठ एवं अग्रज साहित्यकार सरणकुमार राईलाई अभिनन्दन गरिएको छ । 

धरान प्रज्ञा प्रतिष्ठानले शुक्रबार धरान ८ स्थित सभागृहमा अग्रज स्रष्टा अभिनन्दन तथा कार्यक्रम–२०७८ गर्दै साहित्यकार राईलाई अभिनन्दन गरेको हो । साहित्य क्षेत्रमा पुर्याएको योगदानको मुल्यांकन गर्दे राईलाई अभिनन्दन गरिएको प्रतिष्ठानले जनाएको छ । राईलाई मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीले दोसल्ला ओढाउनुका साथै अभिनन्दन पत्र प्रदान गरेका थिए । 

यसैगरि, विभिन्न क्षेत्रका पाँच जना अग्रज व्यक्तिहरुलाई पनि प्रतिष्ठानले नगदसहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा अग्रज साहित्यकार एवं पत्रकार गिरिराज आचार्य, चित्रकार गोपाल शाक्य, गायक गंगा बरदान, रङ्गकर्मी प्रेम सुब्बा र नृत्यकार नगेन्द्र राई छन् । पाँच व्यक्तित्वहरुलाई जनही नगद २० हजारसहित सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

pragya-

 यसैगरि, कार्यक्रममा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित स्थानीय युवा कवि धनचन्द्र राईको कविता सङ्ग्रह कचहरीको विमोचन पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं मेयर राई, बिशेष अतिथि एवं उपमेयर भण्डारी, प्रतिष्ठान संयोजक अम्बिकाकमुार सम्बाहाम्फे, वरिष्ठ साहित्यकार बम देवान र प्राज्ञ प्रा.डा. गोपाल भण्डारीले संयुक्त रुपमा गरेका थिए । संग्रहका स्रष्टा एवं कवि राई सङ्ग्रहमा भएको आफ्नो कविता कचहरी वाचन गरेर सुनाएका थिए भने सङ्ग्रहबारे अग्रज साहित्यकार देवानले समीक्षा गरेका थिए । 

pragya2

pragya3

pragya4

pragya5