धरान:धरान स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले भोली मंगलबार सार्वजनिक विदा दिएको छ ।

कार्यपालिका बैठकले पुष २० गते धरान डेको अवसरमा धरान क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ । धरानमा पुष २० गतेदेखि २३ गते तीन दिनसम्म धरान डे मनाउने निर्णंय गरेको छ । धरान डे उत्सवको भोली प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । 

आधुनिक धरान शहरको जग वि.स.१९५७ सालमा बस्ती बस्न थालेर शुरु भएको जानकारहरु बताउँछन् । त्यही आधारमा तत्कालिन धरान नगरपालिकाले २०५७ सालमा शतबार्षिकी महोत्सव आयोजना गरेको थियो । त्यसपछि धरानमा पुष २० गतेलाई धरान स्थापना भएको मानककोरुपमा लिएर धरान डे मनाउदै आएको छ । पुष २० गते आधुनिक धरान शहर स्थापनाको १२१ औं बर्ष पुग्दैछ । पब्लिक हाई स्कुलमा हुने धरान डे उत्सवमा ३ दिन विविध कार्यक्रमहरु हुनेछ । 

bida