धरान: धरान डे उत्सव २०७८ को अबसरमा साईकल र्याली कार्यक्रम गरिएको छ । 

उत्सवको दोश्रो दिन बुधबार धरान उपमहानगरपालिका परिसरबाट साईकल र्याली कार्यक्रम गरिएको हो । १२१ औं धरान उत्सवको अबसरमा उपमहानगरपालिका र सुनसरी साईकल संघको समन्वयमा साईकल र्याली गरिएको थियो । उपमहानगरपालिका परिसरबाट सुरु भएको साईकल र्याली दुर्गा चोक, बुद्ध चौक, रत्न चौक, विपी क्याम्प गेट, शिव मार्ग, रमाईलो चौक, पुतली लाईन, भानुचौक, छाताचौक हुँदै नगरपालिकामा आएर टुंगिएको सुनसरी साईकल संघका अध्यक्ष राजेन्द्र लिम्बुले जानकारी दिए । साईकल र्यालीमा धरानका राष्ट्रिय तथा खाफ च्याम्पियनशिप खेलाडीहरु र उपमहानगरपालिकाका कर्मचारीहरुले सहभागिता जनाएका थिए । 

मेयर तिलक राईले पर्यटन प्रवर्द्धनका लागि साईकल र्याली कार्यक्रमको आयोजना गरिएको बताए । यसैगरि, धरान उपमहानगरपालिकाले सुनसरी उद्योग वाणिज्य संघ धरानसँग ‘धरान डे’ मैत्रीपूर्ण फुटबल खेलेको । धरान १६ स्थित रंगशालामा  बुधबार भएको खेलमा दुवै टोलीको २–२ गोलको बराबरी भएको थियो । खेलकुदको प्रवद्र्धन गर्नका लागि १२१ औं धरान स्थापना दिवसको अबसरमा उपमहानगरपालिकाले मैत्रीपूर्ण फुटबलको आयोजना गरेको जनाएको छ । 

football 4

सुरुवाती अग्रता गरेको उपमहानगरपालिकाले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । खेलको १२ औं र १९ औं मिनेटमा उपमहानगरपालिका दुई खेलाडीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने १६ औं मिनेटमा बाणिज्य संघका एक खेलाडीले गोल गरेका थिए । दोस्रो हाफको १७ औं मिनेटमा वाणिज्य संघका एक खेलाडीले पुनः एक गोल गरेपछि धरान डे मैत्रीपूर्ण खेल बराबरी भएको हो ।