धरान: गायक सञ्जिव लामाले दुई दशक अघिको आफ्नो लोकप्रिय गीत 'लौ है माया नमार घुम्दै आउनु धरान बजार' पुनः रेकर्ड गरी नयाँ भिडियो समेत सार्वजनिक गरेका छन् । 

उनको गीतको भिडियो १२१ औं धरान दिवसको अवसरमा आयोजित धरान डे उत्सवको समापनको दिन सार्वजनिक गरिएको हो । धरान संगीत प्रतिष्ठानको सांगीतिक कार्यक्रममा  धरान उप-महानगरपालिकाका मेयर तिलक राईले एलईडी स्क्रिनको प्ले बटन थिचेर  म्युजिक भिडियो सार्वजनिक गरेका थिए । धरानको विभिन्न पर्यटकीय स्थल, ऐतिहासिक स्थलहरु तथा संस्कृतिलाई समेटी धरान चिनाउने उद्देश्यले भिडियो निर्माण गरिएको छ ।

sanjiv

सिल्भर इन्टरटेनमेन्टको प्रस्तुति रहेको 'धरान बजार' गीतमा सञ्जिव लामाको गायन र रचना छ भने संगीत पारस मुकरुंगको र संगीत संयोजन निरज श्रेष्ठको रहेको छ।  म्युजिक भिडियो सम्पादन बुद्ध थापा मगरले गरेका छन् । हाल युकेमा बसोबास गर्दै आएका गायक लामा आफ्नो ठाउँको बारेमा बनाईएको गीत धरान दिवसको अवसरमा सार्वजनिक गर्न पाउँदा एकदमै खुशी लागेको बताउँछन्। भिडियोले केही हदसम्म धरान चिनाउने उनले बताए । 

म्युजिक भिडियो: