धरान: आज साँझ धरानमा नेपाल आइस मनोरञ्जन धमाका २०२२ हुदैछ । 

धरान १२ स्थित पब्लिक हाईस्कुलको मैदानमा आज साँझ हुने धमाकामा अहिलेका लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी एकसाथ आउदैछन् । सिल्भर इन्टरटेन्मेन्टको प्रस्तुती रहेको कार्यक्रम साँझ साढे पाँच बजेदेखि शुरु हुने आयोजकको भनाई छ । यी ३ जना कलाकारहरुको पहिलो पटक धरानमा प्रस्तुती हुन लागेको हो । 

गायक एकदेवको आँखामा आउने सपनी, ब्ल्याक एण्ड व्हाईट, मन्द  मन्द , क्या राम्री , तिम्रो मुटुमा, लौ कान्छी , मेरी सानु , शिरफुल लगायत गीतहरु युवा पुस्तामाझ लोकप्रिय छन् । यस्तै, नेपाल आइडल सिजन २ को थर्ड रनर अप बिजेता अस्मिता अधिकारी पनि अहिले आधुनिक, पप तथा फिल्मी गीतहरुमा निक्कै नै लोकप्रिय छिन्। उनको तिम्रो मायाले बाँधेर राख।।, टाढा भएपनि , साली मन पर्यो , लज्जावती झार झैँ , को होला त्यो , सिमसिमे पानी जस्ता थुप्रै गीतहरु चर्चित छन् । पछिल्लो समय रिलिज भएको काफल खाने कुइंया बोलको गीत पनि युट्युबको ट्रेन्डीङ्गमा रहेको थियो । 

यसैगरि, नेपाल आइडल सिजन ३ को टप ८ सम्म पुगेकी रचना रिमाल पनि अहिलेको पुस्ताका चर्चित गायिका हुन् । उनको फोटो फिरिममा , उनको प्रिति ,एक चिम्टी सिन्दुर , काफल गेडी ,रुमाल चिनो,  छुक छुक रेल जस्ता गीतहरु चर्चित छन्। एक समय चटपटे वाली गायिकाको रुपमा भाइरल बनेकी गायिका रचना रिमाल नेपाल आइडलमा सहभागी भएपछि चर्चामा आएकी हुन् । कलाकारहरुको गायन प्रस्ततुीसँगै विभिन्न आकर्षक डान्स प्रस्तुति समेत राखिएको आयोजकले जनाएको छ।कन्सर्टको गेट टिकट २ सय मात्र राखिएको छ।