धरान: नेपाली सांगीतीक जगतमा आफ्नो पहिचान बनाईसकेकी गायिका शिवानी मोक्तानले शुक्रबार साँझ बगरकोट तताइन् ।

          साँझ ९ बजे एमएच लाउन्ज एण्ड बारको स्टेजमा झुल्किएकी मोक्तानले साढे दश बजेसम्म धराने दर्शकलाई खुब नचाइन् । खुकुरी म्युजिक नेसनको सहयोगमा उनलाई एमएच लाउन्जले बगरकोट ल्याएको थियो । गायिका शिवानीलाई प्रस्तुती अघि एमएच लाउन्जका सञ्चालक एवं बगरकोट होटल व्यवसायी मन्चका अध्यक्ष जिवन मेन्याङ्बोले खदा लगाएर स्वागत गर्दै मायाको चिनोसमेत प्रदान गरेका थिए । नाइट लाइफको बजारमा पुर्वमा नै चर्चित बन्दै गइरहेको बगरकोटमा राष्ट्रिय कलाकारको उपस्थितिले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने मन्याङ्बोले बताए ।

shibani1

           दर्शकहरुको लामो पर्खाईपछि स्टेजमा उपस्थित भएकी गायिका शिवानीले डेढ घण्टा प्रस्तुती दिएकी थिईन । उनले आधा दर्जन बढी नयाँ पुराना गीत गाइन् । पछिल्लो समय माया हो... बोलको गीत मार्फत चर्चाको शिखर चुमेकी गायिका शिवानीले आफ्नो गीत तिमी बिनाको.. बोलको गीत गाउँदै माहोल तताइन् । उनले आफ्नी आमा चर्चित गायिका कुन्ती मोक्तानको गीत समेत गाइन् । 

          उनले दर्शकहरुको अनुरोधमा अन्य गीतको कभर समेत गाउँदै दर्शकलाई नचाएकी थिईन् । मोक्तानलाई उनीसङ्गै आएका अन्तरा ब्याण्डले साथ दिएको थियो । धरान हुँदै अब काठमाडौ र पोखरामा कार्यक्रम रहेको आर्बिटरी इभेन्ट म्यानेजमेन्टका डाइरेक्टर अविरल शाक्यले जानकारी गराए । कार्यक्रमको इभेन्ट म्यानेजमेन्ट आर्बिटरिले गरेको थियो ।