धरान: नेकपा एमाले सुनसरी जिल्ला कमिटीको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना जारी छ । 

जिल्ला पार्टी कार्यालय इनरुवामा जारी मतगणनामा हालसम्म ६ सय मतको परिणाम आधिकारिकरुपमा सार्वजनिक भएको छ । हालसम्म अध्यक्ष पदमा रेवतीरमण भण्डारीले अग्रता कायमै राखेका छन् । उनले ६ सय मतगणना भइसक्दा २९९ मत पाएका छन् भने खेमराज पोख्रेलले २६१ मत पाएका छन् । अर्का उम्मेदवार द्धारिकलाल चौधरीले ३० मत मात्र पाएका छन् । 

यसैगरि, उपाध्यक्षमा निलम खनालले ३३४ मत पाउदा नन्दकुमार बस्नेतले २३१ मत मात्र पाएका छन् । यस्तै, उपसचिवमा राम कोइराला २९८ र योग्यराज खड्काले १९८ मत पाएर अगाडि रहदा पदमप्रसाद लिम्बुले १६६, अञ्जनीकुमार पोखरेलले १५९, लोकेश निरौलाले १५१, अर्जुन गहतराजले ८१ र लहरुमाया जिमीले ७१ मत पाएका छन् । दुई उपसचिव पदमा ७ जनाको उम्मेदवारी परेको थियो ।