धरान: प्रहरीले इनरुवा ३ महेन्द्र चोकबाट हतियारसहित ४ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो साँझ र आज बिहान गरि २ थान हतियारसहित उनीहरुलाई पक्राउ गरिएको हो । बिशेष सुचनाको आधारमा हिजो साँझ करिब साढे ६ बजे हरिनगर गाउँपालिका ७ घुस्कीका २० बर्षीय सबिर मिया शुरुमा पक्राउ परेका थिए । उनको साथबाट कटुवा पेस्तोल र प्लाष्टिकभित्र ग्लोबल आइएमई बैंक लेखेको कागजमा पोको पारेको बिएमएम केएफ लेखिएको गोली १ राउण्ड पनि वरामद भएको प्रहरीले जनाएको छ । उनलाई मेटरसाइकलसहित पक्राउ गरिएको र हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको प्रहरीले जनाएको छ । 

यसैगरि, आज बिहान साढे ६ बजे इनरुवाको महेन्द्र चोकबाट नै प्रहरीले एक थान अटोमेटिक पेस्तोलसहित र ७.६५ एम.एम.को ३ राउण्ड गोली, २ थान म्यागेजिनसहित ३ जनालाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका ७ घुस्कीका ३१ बर्षीय सबरेज मिया, २५ बर्षीय सिकन्दर मलाहा र वडा ६ का २३ बर्षीय फरियाद अन्सारी रहेका छन् । उनीहरुले प्रयोग गर्ने गरेको २ थान मोटरसाइकल पनि नियन्त्रणमा लिइएको सुनसरी प्रहरीको भनाई छ । पक्राउ परेकाहरुलाई हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएर थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।