धरान: धरानको चर्चित २२ औं गोधुली टुबोर्ग रनिङ कप फुटबल प्रतियोगिताको उपाधि वडा नं १६ च्याम्पियन भएको छ । 

धरान १६ स्थित रंगशालामा आइतबार भएको फाइनलमा वडा नं १३ लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउदै वडा नं १६ ले उपाधि जितेको हो । गोधुलीमा वडा नं १६ पहिलो पटक उपाधि जितेको हो । निर्धारित समयको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो । 

वडा १६ का प्रविण भुजेल, मनिष बस्नेत, शैलैन्द्र नेपाल र खुशीमान लिम्बुले गोल गरेका थिए भने सरोज लकान्द्री गोल गर्न असफलल भएका थिए । यस्तै, वडा नं १३ का निश्चल श्रेष्ठ, दोर्जे तामाङ र मन्दिप राई मात्र गोल गरे भने मिलन लिम्बु र अशोक कटवाल गोल गर्न असफल भएका थिए । 

godhuli-champion

विजेता वडा १६ ले नगद १ लाख ५० हजार र ट्रफी हात पार्यो भने उपविजेता वडा १३ ले नगद ७५ हजार पायो । साथै, विजेता र उपविजेता दुवै टोलीलाई वडा नं १८ का वडाअध्यक्ष प्रविण राईले २५–२५ हजार पुरस्कार दिएका थिए ।

फाइनल खेलको म्यान अफ दि म्याच वडा १६ का मनिष बस्नेत घोषित हुँदै नगद ५ हजार ५ सय हात पारे भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा नं १६ का जलन तुम्बापो लिम्बु घोषित हुदै ट्रफी र नगद १५ हजार हात पारे ।

 

प्रतियागिताको उत्कृष्ट गोलकिपर वडा १६ का रितेश निरौला, उत्कृष्ट डिफेन्स वडा १३ का निश्चल श्रेष्ठ, उत्कृष्ट स्ट्राइकर वडा १३ का मिलन लिम्बु, उत्कृष्ट कोच वडा १६ का दिवस मगर र उत्कृष्ट मिडफिल्ड विवेक राई बि घोषित भए । उत्कृष्ट खेलाडी तथा कोचले नगद ५ हजार ५ सय पुरस्कार पाए ।

प्रतियोगितामा सबैभन्दा बढी ७ गोल गरेका वडा १६ का खेलाडी सरोज लकान्द्रीले हाई स्कोररको पुरस्कार पाए । उनले नगद ७ हजार ५ सय पाए । विजेता खेलाडीहरुलाई प्रमुख अतिथि एवं धरानका मेयर तिलक राई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष घनश्याम बुढाथोकीलगायतले पुरस्कार वितरण गरेका थिए ।

पत्रकार र खेलाडी पुरस्कृत

godhuli4

गोधुली क्लबका संस्थापक सदस्य तथा वडास्तरीय गोधुली कप प्रतियोगिताका परिकल्पनाकार स्वर्गीय सुवास राईको स्मृतिमा स्थापना गरिएको सुवास राई स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार रोहित राई पुरस्कृत भएका छन् । उनलाई २२ औं गोधुली कपको समापन समारोहमा नगद ५ हजार ५ रुपैया र सम्मान पत्रसहित पुरस्कृत गरिएको थियो । पत्रकार राई नागरिक दैनिक धरानका संवाददाता हुन् भने क्लिकधरानडटकमका सम्पादक पनि हुन् । 

 यस्तै, गोधुली क्लबका पूर्व खेलाडी विष्णु सुनारलाई पनि पुरस्कृत गरिएको थियो । गोधुली क्लबका उत्पादन रहेका सुनार विभिन्न ए डिभिजन क्लबमा आवद्ध रहेर फुटवल खेलेका थिए । उनले गोधुली क्लब तथा धरानको नाम उच्च राखेको भन्दै नगद २० हजार सहित पुरस्कार प्रदान गरिएको थियो ।


    

godhuli7

godhuli5

godhuli8

godhuli6

godhuli3

godhuli-champion2