धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ जना र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ४४८, सुनसरीमा २८६, झापामा १२६, इलाम र धनकुटामा ५–५, भोजपुर र उदयपुरमा ४–४, संखुवासभामा ३, ताप्लेजुङमा २, ओखलढुङ्गा, तेहृथुम र सोलुखुम्वुमा १–१ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको हो । 

मोरङको विराटनगरमा ३८६, बुढीगंगामा २२, बेलबारीमा ९, सुन्दरहरैचामा ८, रंगेली र केराबारीमा ५–५, उर्लाबारी, कटहरी र ग्रामथानमा २–२, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र धनपालथानमा १–१ र स्थानीय तह नखुलेका ३ जना संक्रमित छन् । 

यस्तै, सुनसरीको धरानमा १८७, इटहरीमा ७२, दुहवीमा ९, इनरुवामा ७, रामधुनीमा ३, देवानगञ्ज, कोशी गाउँपालिका र बराहक्षेत्रमा २–२, बर्जु र भोक्राहानरसिंहमा १–१ जना संक्रमित थपिएका छन् । उता, झापाको विर्तामोडमा ४१, भद्रपुरमा २०, दमकमा १७, अर्जुनधारामा १३, कनकाईमा ११, मेचीनगरमा ९, कमल गाउँपालिकामा ५, बाहृदशी र बुद्धशान्तिमा ३–३, हल्दिबारीमा २, कचनकवल र गौरादहमा १–१ जना छन् । 

इलामको चुलाचुलीमा २, सुर्योदय, माङ्सेबुङ र इलाम नगरपालिकामा १–१ जन छन् भने धनकुटाको धनकुटा नगरपालिकामा ४ र स्थानीय तह नखुलेका १ जना छन् । भोजपुरको भोजपुर नगरपालिकामा ३ र ट्याम्केमैयुङमा १, उदयपुरको त्रियुगामा ४, संखुवासभाको सभापोखरीमा २ र स्थानीय तह नखुलेका १ जना छन् भने ताप्लेजुङमा २, ओखलढुङ्गाको लिखु गाउँपालिका, तेहृथुमको लालीगुराँस र सोलुखुम्वुको नेचासल्यानमा १–१ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा थप ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ३ हजार ६७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।