धरान: धरानमा कोरोना संक्रमणको तेस्रो लहर तीब्र गतिमा बढे पछि मेयर तिलक राईले सचेत र सजग रहन भन्दै नगरबासीमा अपिल गरेका छन् । 

मंगगलबार एक अपिल जारी गर्दै मेयर राईले कसैमा कोरोना संक्रमणसँग मिल्ने लक्ष्मण देखिए वा शंका लागेमा पिसिआर÷एन्टिजेन विधिबाट परिक्षण गराउन आग्रह पनि गरेका छन् । अत्यावश्यक काममा मात्र घर बाहिर निस्कन आग्रह गर्दै उनले भिडभाड नगर्न पनि अनुरोध गरेका छन् ।

‘अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन र निस्कनै परे अनिवार्य नाक मुख चिउडो छोपिने गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्नुका साथै साबुन पानीको प्रयोग गरि पटक–पटक हात धुन तथा सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै निस्कन पनि अनुरोध गर्दछु । सार्वजानिक स्थान र स्थलहरुमा भिडभाड नगर्न पनि अनुरोध गर्दछु’ मेयर राईले अपिलमा भनेका छन् । 

मेयर राईले नगरबासीमा कोभिड सम्बन्धी लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था वा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् । महामारीको रुपमा फैलिएको यो कोभिड १९ बाट धरानलाई जोगाउनु पर्ने उल्लेख गर्दै मेयर राईले सबैले आ–आफ्नो स्थानबाट महत्वपुर्ण भुमिका निर्वाह गर्न पनि आग्रह गरेका छन् । 

mayor