धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दुवै सिरहाका (एक पुरुष र एक महिला) छन् । मृत्यु हुनेमा सिराहा १ का ८० बर्षीय वृद्ध रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतक दीर्घरोगी थिए । उनको आज बिहान ११ बजेर ३५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको पोखरेलले बताए । 

मृतकलाई पुष २९ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । यसैगरि, लाहान १९ का ६२ बर्षीय वृद्धाको पनि उपचारको क्रममा मृत्यु भएको छ । उनको पनि आज बिहान ११ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनी पनि दीर्घ रोगी थिइन् । 

उनलाई हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक दुवैको शव नियम अनुसार व्यवस्थान गरिएको प्रतिष्ठानले जनाएको छ । यसअघि हिजो राती पनि महोत्तरीका ३० बर्षीय एक युवाको मृत्यु भएको थियो ।