धरान: विश्व वाटरकलर डेको अवसरमा धरानमा प्रदेश १ का कलाकारहरु भेला भएर मनाएका छन् ।

वाटरकलर सोसाइटी प्रदेश नं १ को आयोजनामा धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिर परिसरमा भेला भएर कलाकारहरुले वाटरकलर डे मनाएका हुन् । धरान, धनकुटा, झापालगायत क्षेत्रबाट कलाकारहरु भेला भएका थिए । उनीहरुले मन्दिर परिसरमा क्यानभासमा कला उतार्दै वाटरकलर डे मनाएका हुन् । सोसाइटीका प्रदेश १ अध्यक्ष महेन्द्र राईका अनुसार वरिष्ठ कलाकारहरु प्रनोद दत्त, लेख थापा मगर, हरिलाल उदास, धनकुटाबाट डिल्लीकृष्ण आले, काकडभिट्टाबाट छेतेन शर्पा र उनको टिम धरान आएका थिए ।

भिडियो:

सोसाइटीको शाखा भएको विश्वका ७२ राष्ट्रमा एक साथ वाटरकलर डे मनाइएको जानकारी दिदै राईले नेपालमा पनि देशभरका वाटरकलर कलाकारहरु चितवनको राप्तीमा भेला भएर कार्यक्रम गर्ने तय भएपनि कोरोनाको कारण आआफ्नो क्षेत्रमा मनाइएको बताए । उनले आइतबार सातै प्रदेशमा मनाइएको जानकारी दिए । दिउँसो २ बजे एकसाथ वाटरकलर डेको वेलुन उडाइएको पनि उनले बताए । 

water-color4

water-color1

water-color2

water-color3

art4

art2

art3

art

art1