धरान: कोरोना संक्रमित धरान वडा नं १५ का ७२ बर्षीय वृद्धको पनि मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा वृद्धको आज बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार मृतकले कोभिड विरुद्धको खोप पनि लगाएक थिए ।

उनलाई माघ ९ गते संक्रमण पुष्टि भएको थियो भने हिजो बुधबार कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ । उनको शवको व्यवस्थापन नियम अनुसार गरिएको प्रतिष्ठानले जनाएको छ ।