धरान: कोरोना संक्रमित धरानकी एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा धरान ९ की ७६ बर्षीया वृद्धाको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उनको गए राती १ बजे कोभिड अस्पतालमा मृत्यु भएको हो । मृतक वृद्धा मधुमेहबाट पीडित थिइन् ।
मृतकले कोभिड १९ विरुद्धको खोप लगाएको पनि प्रतिष्ठानले जनाएको छ । उनलाई हिजो नै संक्रमण पुष्टि भएको थियो भने हिजो नै कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शवको व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।