धरानः प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ६४० जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा  मोरङमा ९५, झापामा ५५, सुनसरीमा ४०, उदयपुरमा ३, इलाममा २, ताप्लेजुङ, तेहृथुम, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको हो । 

मोरङको विराटनगरमा ६३, सुन्दरहरैचामा ८, बेलबारीमा ५, लेटाङ र बुढीगंगामा ४–४, उर्लाबारीमा ३, कानेपोखरी, सुनबर्षी, पथरीशनिश्चरे र रतुवामाईमा २–२ जना संक्रमित थपिएका छन् ।  झापाको दमकमा १५, कनकाईमा १०, अर्जुनधारा र भद्रपुरमा ६–६, विर्तामोड र मेचीनगरमा ४–४, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, बाह्रदशीमा २, गौरादह र स्थानीय तह नखुलेका १–१ जना छन् ।

यस्तै, सुनसरीको इटहरीमा २४, भोक्राहानरसिंहमा ४, हरिनगरमा ३, देवानगञ्ज र रामधुनीमा २–२, दुहवी, बर्जु, बराहक्षेत्र, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा ३, कटारीमा १, इलामको इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको सिदिङ्वा, तेहृथुमको लालिगुराँस, धनकुटाको पाख्रिबास र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा थप ६७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३६९ महिला र ३०९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार २ सय रहेको मन्त्रालयले जनाएको छ।