धरान: धरानमा सृर्जना वाचन, पुस्तक परिचर्चा र विभिन्न क्षेत्रका श्रष्टाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । 

प्रा.डा.टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रको आयोजना तथा भयवाद अध्ययन केन्द्र र किरात देवान समाज धरानको सहआयोजनामा आइतबार उक्त कार्यक्रम भएको हो । अध्ययन केन्द्रकी उपाध्यक्ष इन्दिरा मिश्रको अध्यक्षता र वरिष्ठ साहित्यकार अनिल पौडेल प्रमुख अतिथि रहेको कार्यक्रम महेन्द्र बहुमुखी क्याम्पसमा आयोजना भएको थियो । कार्यक्रममा कवि टीका आत्रेयको कविता संग्रह भ्रूण प्रश्नबारे परिचर्चा भएको थियो । कवि आत्रेयले ज्ञानशाखा, भ्रूण प्रश्न र गुरु कविता वाचन गरेर सुनाएकी थिइन् ।

उनको कविता संग्रहमाथि परिचर्चा गर्दै सहप्राध्याक एवं समालोचक रामजी तिम्सिनाले श्रष्टा आत्रेय छन्द कविकोरुपमा स्थापित नाम भएको बताए । उनले संग्रहमा एउटै बिषयका फुटकर कविताहरु धेरै भएको भन्दै तिम्सिनाले खण्ड काव्य लेख्न सुझाव दिए । उनले प्रगतिशिल कविता संग्रह भएको टिप्पणी गर्दै नाराविहिन भएर पनि प्रगतिशिल कविता लेख्न सकिन्छ भन्ने उदाहरण कवि आत्रेयले प्रस्तुत गरेको उनले बताए । 

samman1

वरिष्ठ कवि वम देवानले पनि आत्रेय प्रगतिशिल पषमा देखिएको भन्दै कवितामा ऐतिहासिक द्धन्दात्मक भौतिकवादी शौन्दर्य शास्त्र भएको बताए । अर्का टिप्पणीकार उपप्राध्यापक गिरीराज खतिवडाले पाठकले बुझ्ने सरल छन्द कविताहरु भएको बताए । बिषयगत विविधता भएको र धेरै बिषय नारी संवेदनालाई महत्वका साथ उजागर गरिएको उनले बताए । डा.वद्रविशाल पोखरेलले पनि समाज रुपान्तरणको पक्षमा कविताहरु भएको बताए । 

६ जना सम्मानित

कार्यक्रममा वरिष्ठ साहित्यकार अनिल पौडेलसहित विभिन्न ६ जना श्रष्टा एवं व्यक्तिहरुलाई सम्मान गरिएको थियो । नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै पौडेललाई सम्मान गरिएको आयोजक संस्थाहरुले जनाएका छन् ।

यस्तै, लोक संगीतको क्षेत्रमा योगदान पुर्याएका झापा मेचीनगर १२ का माृतका प्रसाद संग्रौला, देवान समुदायका धार्मिक साँस्कृतिक तथा भाषिक उत्थानमा योगदान पुर्याएका सुस्मिता देवानलाई सम्मान गरिएको थियो । 

samman3

यसैगरि, कविता सृर्जनामार्फत साहित्यमा योगदान पुर्याएकी विर्तामोड १ झापाकी भगवती ढुंगेल, आदिवासी जनजातिहरुको कला क्षेत्रमा योगदान पुर्याएकी धरान ११ की जयकला राई र धरानको वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईलाई पनि सम्मान गरिएको थियो ।