धरान: धरान उपमहानगरपालिकाको १० औं नगरसभामा विधेयक, आचारसंहिता र ऐन संशोधनको प्रस्वाव पेश भएपछि स्थगित भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा नगरसभा शुरु भएको नगरसभा फागुन ३ गते हुने गरि स्थगित भएको हो । फागुन ३ गते सुनसरी उद्योग वाणिज्य संघको हलमा नगरसभा हुने वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । उनका अनुसार नगरसभामा उपमहानगरपालिकाका पदाधिकारीहरुको आचारसंहिता २०७८ पेश भएको छ भने शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक २०७८ प्रस्तुत भएको छ । 

यस्तै, नवौं नगरसभाले स्वीकृत गरेको आर्थिक ऐन २०७८ र विनियोजन ऐन २०७८ मा केही बुँदा संशोधन गर्न पनि प्रस्ताव पेश भएको छ । प्रस्ताव पेश भएपछि शुन्य समयमा बोल्न कोही पनि इच्छुक नभएपछि नगरसभा फागुन ३ गते हुने गरि स्थगित भएको खतिवडाले जानकारी दिए । 

धरानको कार्यसम्पादन प्रदेशकै उत्कृष्ट: सांसद राई

१० औं नगरसभा उद्घाटन समारोहमा प्रमुख अतिथि एवं संघीय सांसद जयकुमार राईले ५ बर्षे कार्यकाल सफल भएको बताए । सांसद राईले धरान उपमहानगरको काम प्रदेश १ मा सबैभन्दा उत्कष्ट कार्यसम्पादन गर्ने नगरकोरुपमा चिनिएको बताए । साथै उनले सिंगो नेपालभरि नै धरानको कार्यसम्पादनमा चर्चा भएको पनि बताए । उनले नगर गौरवको आयोजनाहरु कति समयमा सम्पन्न हुन्छन् भन्नेमा ध्यान दिन पनि आग्रह गरे ।

dharan-nagar-sava-10th

धरानका जनप्रतिनिधिहरु नेपालमा कम कलंकित भएको पनि सांसद राईको भनाई थियो । उनले जनताहरु विदेशका जनप्रतिनिधि र आफ्ना देशका जनप्रतिनिधिहरु के गर्दैछन् भनेर तुलना गर्न समक्ष भएको भन्दै प्रतिनिधिहरु सजग रहनुपर्ने पनि बताए । ‘हामी कुनै पनि कुराले कलंकित हुनुहुदैन, जनता निराश हुन लागेका छन्, सचेत रहनुपर्छ,’सांसद राईले भने ।

सांसद राईले योजनाहरुमा भेदभाव नगर्न पनि आग्रह गरे । उनले सरकार प्रमुखले मात्र योजनाहरु पार्ने नगर्न सुझाव दिदै जनतासँग नजिक रहेर काम गर्ने प्रतिवद्धता पनि हुनुपर्ने बताए । ‘फेरि पार्टीले उम्मेदवार बनाएमा जितेर आउनुहुन्छ वा आउनुहुन्छ । फेरि, यो समिकरण हुन्छ, हुदैन । जे भए पनि यो कार्यलमा धेरै कुरा सिक्नुभएको छ, जनताको सेवा सुविधामा समिर्तित हुनु ज्ञान पाउनु भएको छ,फेरि जिते पनि नजिते पनि जनतामा समर्पित हुनुपर्छ,’सांसद राईले भने ।

dharan-nagar-sava