सधैं-सधैं तिम्रै हित चिताउन चाहन्छु म।

तिमीसगैं यो जिन्दगी बिताउन चाहन्छु म।


तिम्रो काख स्वर्गैसरी हो मेरो लागि हे प्रिय !

जहाँ आनन्दले चिर निंद्रामा निदाउन चाहन्छु म।


'तिम्रो हाँसो- खुसी' नै हो मेरो जीवनको लक्ष्य 

यो जूनीभरी तिमीलाई नै रिझाउन चाहन्छु म।


सफल जीवन जीउने उपाय सिकाउँदै गर

सन्देस तिम्रो यो विश्वभरी फिंजाउन चाहन्छु म।

सधैं-सधैं .......।

तिमीसगैं .......।