धरान: अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध धरानमा पनि प्रर्दशन चर्किएको छ । 

आज एकै दिन नागरिकस्तर र राजनीतिक दलहरु एमसीसीविरुद्ध सडकमा प्रर्दशन गर्दै उत्रिएका छन् । सामाजिक अभियन्ता हर्क साम्पाङको नेतृत्वमा बुधबार दिउँसो धरानमा एमसीसीविरुद्ध प्रर्दशन भएको हो । र्याली नगर परिक्रमा गर्दै भानुचोकमा विरोध सभामा परिणात भएको थियो । विरोध सभामा विभिन्न व्यक्तिहरुले राष्ट्रघाती भएकोले एमसीसी फिर्ता हुनुपर्ने बताए । 

mcc2

उनीहरुले र्याली र कोणसभाको क्रममा एमसीसीविरुद्ध नारासमेत लगाएका थिए । एमसीसीको माध्यमबाट अमेरिकी उपनिवेश नेपालमा भित्रिन लागेको भन्दै वक्ताहरुले विरोध जनाए । देशको माटो, स्वाधिनता र राष्ट्रिय स्वाभिमानलाई बचाउन एमसीसी खारेजको माग गर्दै विरोध जनाएको अभियनता साम्पाङले बताए । उनले सिंहदरबार, संसद भवनमा रहेका सांसदहरुले एमसीसीको विरोधमा जनताको आवाज सुन्नुपर्ने पनि बताए । 

सत्तारुढ दलहरु पनि विरोधमा

एमसीसीको विरोधमा सत्तारुढ राजनीतिक दलहरु पनि सडकमा उत्रिएका छन् । राजधानीमा सत्तारुढ दल नेकपा एस, माओवादी केन्द्रले सडकमा प्रर्दशन गरिरहदा धरानमा पनि आज प्रर्दशन भएको छ। सत्तारुढ माओवादी केन्द्रले धरानमा दिउँसो १२ बजे विरोध प्रर्दशन गरेको थियो भने दिउँसो ४ बजे छाताचोकबाट एमसीसीको विरोधमा वृहत प्रर्दशन गरिने सत्तारुढ दल जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बुले जानकारी दिए ।

सरकारले आज एमसीसी संसदमा टेवल गर्ने प्रयास गरे पनि माओवादी केन्द्रले गबन्धनभित्र वा राष्ट्रिय सहमति नभै जर्बजस्ती गरे सरकार छोड्ने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका थिए । दिउँसो ४ बजे छाताचोकबाट एमसीसीको विरोधमा वृहत प्रर्दशन गरिने सत्तारुढ दल जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बुले जानकारी दिए । सरकारले आज एमसीसी संसदमा टेवल गर्ने प्रयास गरे पनि माओवादी केन्द्रले गबन्धनभित्र वा राष्ट्रिय सहमति नभै जर्बजस्ती गरे सरकार छोड्ने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका थिए ।

भिडियो:

 mcc3

mcc1