धरान: अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै बुधबार धरानमा सत्ता गठबन्धनसहितको राजनीतिक दलहरुले विरोध प्रर्दशन गरेको छ ।

सत्ता गठबन्धनको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले भने विरोध प्रर्दशनमा थिएन । सत्ता गठबन्धनकै दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले एमसीसी विरोधमा प्रर्दशन गरेको हो । यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि उक्त विरोध प्रर्दशनमा सहभागिता जनाएको थियो ।

दिउँसो करिब ४ बजे छाताचोकबाट विरोध र्याली निस्केका थियो । नारा लगाउदै र्याली भानुचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका निवर्तमान अध्यक्ष सुर्दशन श्रेष्ठले कुनै पनि परियाजना नेपालको हित विपरीत भए सशक्त प्रतिकार गर्ने बताए । उनले राष्ट्रिय सहमति नभै र राष्ट्रिय हितमा नभए एमसीसी पास नगर्ने पार्टीको निर्णय भएको बताउदै एमसीसीसँग पार्टी नझुक्ने बताए । 

mcc4

जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले एमसीसी सहयोग परियोजना मात्र नभएर सैन्य रणनीतिको एउटा साधन बनेको कारण विरोध गर्नुपर्ने बाध्यता भएको बताए । एमसीसी शक्ति राष्ट्रहरुको सैनिक रणनीतिको एउटा साधनकोरुपमा परिणत भएकोले विरोध गरिएको लिम्बुको भनाई थियो । नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति विपरीत एमसीसी लागु भए नेपाल अमेरिकी एलायन्समा जाने भएकोले खारेज गर्नुपर्ने उनले बताए । नेपाल कुनै पनि शक्ति राष्ट्रको पक्षधन नहुने र सबै मित्र राष्ट्र हुने भएकोले एमसीसी स्वीकार्य नहुने उनको भनाई थियो ।

mcc1 1

एकीकृत समाजवादीका अध्यक्ष रेवतीरमण राईले राष्ट्रघाती र जनविरोधी भएकोले एमसीसीको विरोध गरिएको बताए । उनले अमेरिकी साम्राज्यवादीहरुले नेपालको भुमीलाई सैनिक क्रिडास्थलकोरुपमा प्रयोग गर्न चाहेको दाबी गर्दै राष्ट्रप्रेमी दलहरु त्यसविरुद्धमा उभिएको बताए । 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष अमर इजमले संसदबाट पारित भएमा एमसीसी नेपालको कानुन भन्दा माथि हुने भएकाले कुनै हालतमा स्वीकार्य नहुने बताए । उनले पनि सैन्य रणनीति बनाएर एमसीसी नेपालमा ल्याएको बताए । 

भिडियो:

mcc3 1

mcc 1

mcc5 1