धरान: दोस्रो अशोक स्मृति बास्केटवल प्रतियोगिताको दोस्रो दिन हाम्रो कलेक्सन, विर्तामोड, होराइजन र व्रदस टिम विजयी भएको छ ।
डायनामिक युथ क्लव, विपि प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगितामा सोमवार हाम्रो कलेक्सनले आयोजक डायनामिकलाई ४७–३५ स्कोरले हरायो भने विर्तामोडले वेलवारीलाई ५०–४३ स्कोरले हरायो । यस्तै, होराइजनले युवा जागृतिलाई ५४–३४ स्कोरले हराउदा व्रदसले मिराकललाई ५२–३२ स्कोरले हरायो ।
पहिलो खेलमा हाम्रो कलेक्सन र डायनामिकले प्रत्येक क्वाटरमा २०–२, १७–८, ६–८ र ९–१७ स्कोर गरेको थियो । दोस्रो खेलमा विर्तामोड र वेलवारीले प्रत्येक क्वार्टरमा १२–१६, ३–१०, १९–८ र १६–९ अंक जोडेका थिए भने तेस्रो खेलमा होराइजन र युवा जागृतिले १३–५, ५–१४, २२–४ र १४–११ स्कोर गरेका थिए । चौथो खेलमा व्रदस र मिराकलले प्रत्येक क्वार्टरमा १०–१२, १७–५, ८–२ र १७–१४ अंक जोडेका थिए ।
पहिलो खेलमा हाम्रो कलेक्सनका सन्दिप श्रेष्ठले १२, दोस्रो खेलमा विर्तामोडका मौसम क्षेत्रिले २०, तेस्रो खेलमा सुदिप राईले २१ र चौथो खेलमा व्रदसका सव्रो राईले १३ अंक व्यक्तिगत जोडेका थिए । लिगकम नकआउटको आधारमा जारी प्रतियोगिताको तेस्रो दिन मंगलवार व्रदस र वेलवारी, विर्तामोड र तरहरा, आयोजक डायनामिक र होराइजन र यलम्वर र हाम्रो कलेक्सन विच प्रतिश्पर्धा हुनेछ ।
प्रतियोगिता पुर्व राष्ट्रिय बास्केटवल खेलाडि रवि वास्फोरका दिवंगत बुबा अशोक वास्फोरको स्मृतिमा आयोजना गरिएको हो । प्रतियोगिताको फाइनल फागुन १४ गते हुनेछ । प्रतियोगितामा धरान, तरहरा, झापा र वेलवारीका १० टिमले सहभागिता जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया, दोस्रोले नगद २५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीले नगद ४ हजार, बास्केटवल जुत्ता, डिमाण्डु म्यान अफ द म्याचले नगद ३ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताको फाइनल खेलको दिन थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ । थ्री पोइन्ट कम्पिटिसनका विजेताले नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन्। वीपी प्रतिष्ठानको कोर्टमा जारी प्रतियोगितामा प्रविधिक सहयोग धरान र सुनसरी बास्केटवल संघको रहेको छ ।