धरान: दोस्रो अशोक स्मृति बास्केटवल प्रतियोगिताको सेसीफाइनल समिकरण पुरा भएको छ । 

प्रतियोगिताको सेमिफाइनलमा व्रदस टिम र हाम्रो कलेक्सनसंगै तरहरा र यलम्वर बिहिबार भएको खेलमा जित निकाल्दै सेमिफाइनमा प्रवेश गरेको हो । डायनामिक युथ क्लव, विपि प्रतिष्ठानको आयोजनामा लिग कम नकआउटको आधारमा प्रतियोगिता जारी छ । प्रतियोगितामा व्रदस टिम र हाम्रो कलेक्सन भने आफ्नो पोलबाट अघिल्लो दिनमै शतप्रतिशत नतिजा निकालेर सेमिफाइनल प्रवेश गरेका थिए । 

विहिवारको खेलमा तरहराले वेलवारीलाई ५३–२९, विर्तामोडले मिराकललाई ४६–४०, हाम्रो कलेक्सनले युवा जागृतिलाई ६३–३३ र यलम्वरले आयोजक डायनामिक युथ क्लवलाई ४६–४३ अंकले पराजित गरेका थिए । प्रतियोगिताको पाचौ दिनको पहिलो खेलमा तरहरा र वेलवारीले प्रत्येक क्वाटरमा १६–४, ११–१२, १९–१० र १२–१३ स्कोर गरेका थिए । दोस्रोमा विर्तामोड र मिराकलले ८–८, ११–१५, १०–११ र १७–६ स्कोर गरेका थिए । 

basket1 1

यस्तै, तेस्रो क्वाटर फाइनल खेलमा हाम्रो कलेक्सन र युवा जागृतिले २१–६, १६–७, १४–१२ र १२–८ स्कोर गर्दा चौथो खेलमा यलम्वर र अयोजक डायनामिकले १०–८, ११–१०, ४–१० र २१–१५ स्कोर गरेका थिए । पहिलो खेलमा तरहराका अस्मिल राईले १८ व्याक्तिगत अंक दोस्रो खेलमा विर्तामोडका जेनिस सिंहले १५, तेस्रो खेलमा हाम्रो कलेक्सनका विवेक श्रेष्ठले २० र चौथो खेलमा यलम्वरका दिवस राईले १८ व्यक्तिगत अंक जोडेका थिए ।

प्रतियोगितामा आजदेखि सेमिफाइनल खेल हुनेछ । सेमीका खेलहरु होम एण्ड अवेको आधारमा वेस्ट अफ थ्री खेलाइनेछ । तिन खेलमा जुन टिमले दुई खेल जित्नेछ, उक्त टिम फाइनल प्रवेश गर्नेछन्। सेमिफाइनलमा यलम्वर र व्रदस, अर्को पोलमा हाम्रो कलेक्सन र तरहराले प्रतिस्पर्धा गर्नेछ। आजको पहिलो सेमी फाइनल खेल यलम्बर क्लब र ब्रदर्स क्लब बीच यलम्बर क्लबको खेल मैदानमा हुनेछ भने दोस्रो खेल तरहरा क्लबको खेल मैदानमा हाम्रो कलेक्सन का बिरुद्ध तरहरा क्लब बीच हुनेछ। प्रतियोगितामा प्रविधिक सहयोग धरान र सुनसरी बास्केटवल संघको रहेको छ । प्रतियोगिताको फाइनल खेल भने विपि प्रतिष्ठानको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ।