धरान: नेकपा माओवादी केन्द्र धरानको नेतृत्व चयनको लागि निर्वाचन भइरहेको छ । 

धरान ८ स्थित सभागृहमा अध्यक्षसहित पदाधिकारी चयनको लागि मतदान भइरहेको छ । अध्यक्षमा सुर्यबहादुर भट्टराई (मनोज), उद्धव लिम्बु र सिपि बजगाईले उम्मेदवारी दिएका छन् । यस्तै, खुला २ जना उपाध्यक्ष पदमा सम्फर तामाङ, विष्णुकुमार राई, दिलकुमार श्रेष्ठ र सर्वजित राईले उम्मेदवारी दिएका छन् भने सचिवमा विदुर महत र चेतना श्रेङको उम्मेदवारी छ । 

गएको नगर सम्मेलनबाट चयन भएका ८५ जना नगर सदस्यहरुमध्येबाट पदाधिकारी चयन हुनेछन् । हाल ७५ जना मात्र सदस्यहरु मात्र मतदाता रहेको निर्वाचन प्रमुख केशव घिमिरेले जानकारी दिए । 

महिला उपाध्यक्ष, सहसचिव र कोषाध्यक्ष निर्विरोध चयन

mao2

अध्यक्ष, खुला उपाध्यक्ष र सचिव चयनको लागि निर्वाचन भइरहे पनि महिला उपाध्यक्ष, सहसचिव र कोषाध्यक्ष पदमा भने निर्विरोध चयन भइसकेको छ । महिला उपाध्यक्ष मनिता राई जाइका निर्विरोध चयन भएकी छिन् । उक्त पदमा गंगा पौडेलले पनि उम्मेदवारी मनोनयन दर्ता गरेकी थिइन् । पछि मनोनयन फिर्ता गरेपनि राई निर्विरोध निर्वाचिन भइन् । 

सहसचिव पदमा पनि खेम रनपहेली निर्विरोध चयन भएका छन् । उनीसँगै सहसचिवमा मनोनयन दर्ता गरेका हर्कराज चर्मकारले उम्मेदवारी फिर्ता लिएपछि रनपहेली निर्विरोध निवार्चित भए । कोषाध्यक्ष पदमा भने लिलाबहादुर प्रधानको मात्र उम्मेदवारी परेको थियो । उनी पनि निर्विरोध निवार्चित भइसकेका छन् ।