धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिका नवनिवार्चित अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले पार्टीलाई एकढिक्का बनाउने र धरानमा एमाले, कांग्रेससँग प्रतिस्पर्धा गर्न योग्य बनाउने बताएका छन् ।
धरान ८ स्थित सभागृहमा आज (सोमबार) भएको निर्वाचनबाट अध्यक्षमा विजयी भएपछि भट्टराईले क्लिकधरानसँग संक्षिप्त प्रतिक्रिया दिदै यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले निकटतम प्रतिद्धन्दी उद्धवकुमार लिम्बुलाई साथमा राखेर धरानमा पार्टीलाई एकढिक्का बनाउने पनि बताए । साथै, पार्टीलाई विधि, विधान, प्रक्रिया, पद्दती अनुसार चलाउन सबैलाई साथ लिएर अघि बढने पनि प्रतिवद्धता जनाए ।
अध्यक्ष भट्टराईले व्यक्ति भन्दा विधि माथि रहेर पार्टी नेतृत्व गर्ने उल्लेख गर्दै धरानमा नेकपा माओवादी केन्द्रलाई एमाले र कांग्रेससँग प्रतिस्पर्धा गर्न योग्य पार्टी बनाउने पनि बताए । उनले भने,‘नेकपा माओवादी केन्द्रलाई धरानमा एकढिक्का बनाइराख्न, पार्टीलाई विधि, विधान प्रक्रिया पद्दतीभित्र चलाउन सबै साथीहरुको साथ लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । व्यक्ति भन्दा विधि माथी रहेर पार्टीलाई धरानमा एमाले र कांग्रेससँग प्रतिस्पर्धा गर्न योग्य पार्टी निर्माणमा आजदेखि धरानमा माओवादी सक्रियपुर्वक अगाडि बढ्छ भन्ने कुरा धरानका सबै कार्यकर्ताहरुलाई विश्वास दिलाउन चाहन्छु ।’
मतपरिणाम सहर्ष स्वीकार गर्छु: लिम्बु
नेकपा माओवादी केन्द्र धरानको अध्यक्षमा पराजित भएका निकटतम प्रतिद्धन्दी उद्धवकुमार लिम्बुले मतपरिणाम सहर्ष स्वीकार गर्ने बताए । साथै उनले निवार्चित भएको नेतृत्वलाई पुर्ण समर्थन गर्ने पनि प्रतिक्रिया दिए ।
मैत्रीपुर्ण प्रतिस्पर्धा भएको उल्लेख गर्दै लिम्बुले पनि धरानमा पार्टीलाई एकढिक्का बनाउने र कुनै पनि प्यानलको कुरा नहुने बताए । सर्वसम्मत पदाधिकारी चयन हुन नसकेपछि सोमबार भएको मतदानमा भट्टराईले ३५ मत पाएर विजयी भएका थिए भने निकटतम प्रतिद्धन्दी लिम्बुले ३० मत पाएका थिए । अर्का उम्मेदवार सिपि बजगाईले २ मत मात्र पाएका थिए । कुल ७५ मतदाता भएपनि ७१ मत खसेको थियो भने ४ मत वदर भएको थियो ।
भिडियो: