धरान: धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगितामा आयोजक धरान मेघा वि, सियोन, एम्स र डिपो स्कुल सेमिफाइनल प्रवेश गरेका छन्।

बिहिबार भएको क्वाटर फाइनल खेलमा आयोजक धरान मेघाले टावर टेम्पल स्कुल विर्तामोडलाई ३८–१२ स्कोरले हरायो भने सियोनले समिट स्कुललाई ४०–२६ स्कोरले हरायो । यस्तै, डिपोले हिमशिखर तरहरालाई २९–२५ स्कोरले हराउदा एम्सले धरान अर्दशलाई ४०–२४ अंक स्कोरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

basket1 3

खेलमा धरान मेघा रटावर टेम्पलले प्रत्येक क्वाटरमा १३–२,७–२,११–६ र ७–२ स्कोर गरेको थियो । सियोन र समिटले ११–२, १६–८, ०–९ र १३–७ स्कोर गरेका थिए । यसैगरि डिपो र हिमशिखर स्कुलले ६–७, ६–१, १४–७ र १३–१० स्कोर गरेको थियो भने एम्स र धरान आर्दशले १–०, १०–७, १७–१३ र १२–४ स्कोर गरेको थियो । 

धरान मेघा हिमालयन कलेजको आयोजना तथा धरान बास्केटवल संघको संयोजनमा जारी प्रतियोगितामा शुक्रबार सेमीफाइनल खेलमा आयोजक धरान मेघा कलेज विरुद्ध डिपो स्कुल प्रतिस्पर्धामा उत्रनेछ भने सियोन विरुद्ध एम्स एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । 

धरान ख्रिष्टीयन समाजद्धारा सहयोग

basket2 1

        क्वाटर फाइनल खेल सुरु हुनुअघि धरान ख्रिष्टीयन समाजले प्रतियोगिता आयोजकलाई आर्थिक सहयोग गरेको छ । समाजले नगद २६ हजार ५ सय रुपैया सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धरान ख्रिष्टीयन समाजका अध्यक्ष स्यामुयल राईले प्रतियोगिताका संयोजक विकास चाम्लिङ राईलाई रकम हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा आयोजक धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वु, नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, धरान आर्दश कलेजका सहप्राध्यापक एविन राई लगायतको उपस्थिति रहको थियो । चैत्र १९ गते हुने प्रतियोगिताको सम्पुर्ण खेल धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा भइरहेको छ ।