धरान: नयाँ बर्ष २०७९ को पहिलो दिन बैसाख १ गते चर्चित गायक राजेश पायल राईको धरानमा कन्सर्ट हुने भएको छ ।

 धरान ५ स्थित लुकुवा फेमिली रिसोर्टमा बैशाख १ गते साँझ गायक राईको सांगीतिक कार्यक्रम हुने भएको छ । उनी ३ बर्ष पछि सांगीतिक कार्यक्रमको लागि धरान आउन लागेका हुन् । यसअघि उनको धरानमा गत पुषमा हुनलागेको कार्यक्रम कोरोनाको कारणले स्थगित भएको थियो। 

आफ्नो पहिलो कर्मभुमी धरानमा नयाँ बर्षको पहिलो दिन कार्यक्रम गर्न पाउँदा खुशी लागेको गायक राईले प्रतिक्रिया दिएका छन् । उनले कार्यक्रममा डेढ दर्जन बढी आफ्ना नयाँ-पुराना गीतहरु गाएर मनोरञ्जन दिने बताएका छन्।