साउदी : प्रवासी नेपाली मञ्च साउदी अरबद्वारा १५३ औं लेलिन दिवस तथा नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवस साउदी अरबको रियादमा भब्यताको साथ मनाइएको छ।

मञ्चको राष्ट्रिय कमिटी साउदी अरबका अध्यक्ष अमर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य नागेश तामाङ, वसन्त राई, सचिवालय सदस्य अच्युत बोगटी लगायत विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सचिवालय सदस्य तथा प्रवक्ता कृण्ण कार्कीले नेपाली कम्युनिस्ट आन्दोलनको बारेमा ब्याख्या गरेका थिए । मध्यपुर्व कमिटीका युवा बिभाग प्रमुख राजेन्द्र खत्री र अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङले समसामयिक विषयमा प्रष्ट पारेका थिए । 

भौतिक तथा जुम मिटिङ्ग मार्फत संचालन गरिएको उक्त कार्यक्रममा मध्यपुर्वका विभिन्न राष्ट्रिय कमिटी तथा अन्तरराष्ट्रिय कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । नेकपा एकीकृत समाजबादीका प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च साउदी अरबका केन्द्रिय अध्यक्ष राजु खनाल, उपाध्यक्ष बिल्टु मुखिया, सचिव कृण्ण न्यौपाने, कोषाध्यक्ष पार्वती खत्री, सदस्यहरु राम बहादुर मुखिया, दिपेन महत, धर्मेन्द्र महत, हित कुमार राई, खोमलाल पौडेल, प्रशान्त कुमाल, चन्द्रबहादुर गुरुङ, जपनाथ थहानी, छुनु बहादुर कुमाल, मीन बहादुर नेपाली, बल बहादुर महत लगायत नेताहरुलाई मञ्चको राष्ट्रिय कमिटी साउदी अरब तथा नेकपा एमालेमा पार्टी प्रवेश गराइएको थियो ।

 उक्त अवसरमा विभिन्न संघसंगठनमा आबद्ध बिज्ञान राई, आकाश श्रेष्ठ, बोम बहादुर पुन, पुनम नेपाली, जोक प्रसाद रोक्का र राम कुमार घर्ती मगरलाई पनि पार्टी प्रवेश गराइएको थियो । नव प्रवेशीहरुलाई मञ्चका अध्यक्ष अमर श्रेष्ठ, राजेन्द्र खत्री, कृण्ण कार्की लगायतले खादा ओढाए स्वागत सम्मान गरेका थिए । मञ्चका सचिवालय सदस्य तथा कार्यबाहक सचिव किशोर राईले सञ्चालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अमर श्रेष्ठले समापन गरेका थिए । राष्ट्रिय कमिटी सचिवालय सदस्य रुपक वाइबाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।