धरान: चुनावी सभालाई सम्बोधन गर्न आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली धरान आउने भएका छन् ।
बैशाख ३० गतेको स्थानीय तह लक्षित चुनावी सभालाई सम्बोधन गर्न ओली धरान आउन लागेका हुन् । एमालेले आज भानुचोकमा चुनावी आमसभा आयोजना गर्दैछ । बिहान ११ बजेदेखि सभा शुरु हुने एमालेले जनाएको छ । अध्यक्ष ओली भने १ बजेभित्र उपस्थित भएर सभालाई सम्बोधन गर्ने बताइएको छ ।
यसअघि बैशाख २७ गते सभा गर्ने एमालेको तयारी थियो । तर, पार्टी अध्यक्ष ओलीको समय २४ गते मात्र मिल्ने भएपछि सभा ३ दिनअघि सारिएको हो । धरानमा २०७६ को उपनिर्वाचनबाट नेतृत्व गुमाएको एमालेले आफ्नो विरासत फर्काउने लक्ष्य लिएर चुनावी मैदानमा छ । एमालेबाट मेयरमा मञ्जु भण्डारी सुवेदी र उपमेयरमा पदम इस्वो लिम्बु उम्मेद्वार छन् ।