धरान: शुक्रबार देशभर भएको स्थानीय तह निर्वाचनमा धरानमा शान्तिपुर्णरुपमा मतदान सम्पन्न भएको छ ।

धरानमा ६५ प्रतिशत हाराहारी मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार मतदान केन्द्रहरुबाट खसेको मतसंख्या संकलन कार्य भइरहेको बताए । अहिले मतदान केन्द्रहरुबाट मतपेटिका संकलन कार्य भइरहेको भन्दै उनले खसेको मत यकिन गर्न अझै केही समय लाग्ने पनि बताए । 'प्रारम्भिकरुपमा ६५ प्रतिशत मत खस्यो भन्ने हो, यथार्थ सबै केन्द्रबाट संकलन भएपछि मात्र थाह हुन्छ,' नेपालले भने । 

election3

अहिले मतपेटिका संकलन कार्य जारी रहेको जानकारी दिदै नेपालले बैठक बसेर के गर्ने भनेर निर्णय गर्ने बताए । हिजो बिहिबार बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकले मतगणना शनिबार बिहान ८ बजेदेखि मात्र गर्ने निर्णय गरेको थियो । निर्वाचन अधिकृत नेपालले अहिलेसम्मको निर्णय सोही भएपनि बैठक बसेर निर्णय गर्ने जानकारी दिए । उनले भने, 'अहिलेसम्मको निर्णय हिजोकै हो । मतपेटिका संकलन गर्दा कति बज्छ, हेरौ । त्यसपछि बैठक बसेर थप निर्णय गछौ ।' तस्बिरहरु: सोहन श्रेष्ठ

भिडियो:

election10

election8

election6

election5

election4

election2

election1 1

election

election3

election9