धरान:  स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न धरानसहित देशभर मतदान जारी छ । 

धरानमा लोकतान्त्रिक बाम गठबन्धन र प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेका उम्मेद्वारहरुले मतदान गरेका छन् । गठबन्धनबाट मेयरमा उम्मेद्वार रहेका कांग्रेसका किशोर राईले धरान १२ पब्लिक माविस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् भने एमालेबाट मेयरको उम्मेद्वार मञ्जु भण्डारीले धरान १५ पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयको मतदान केन्द्रबाट मतदान गरेकी हुन् । सोही मतदान केन्द्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मेयरका उम्मेद्वार अमरबहादुर लिम्बुले पनि मतदान गरेका छन् । 

election-dharan3

यस्तै, प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले धरान १३ लोटस स्कुलस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । एमालेबाट उपमेयर उम्मेद्वार पदम इस्वो र गठबन्धनका उपमेयर उम्मेद्वार अइन्द्रबिक्रम बेघाले पनि मतदान गरेका छन् । यस्तै, वडाका उम्मेद्वारहरु र सर्वसाधारण मतदाताहरु पनि मतदान गर्न उत्साह देखिएको छ ।

election-dharan5

धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार उत्साहपुर्वक र शान्तरुपमा मतदान भइरहेको छ । धरान ६ पानवारीस्थित एक मतदानस्थलमा सुरक्षाकर्मीको कारण केही विवाद देखिए पनि समाधान भइसकेको र मतदान जारी रहेको उनले बताए । धरानमा २८ मतदानस्थलमा १०७ मतदान केन्द्रमा मतदान भइरहेको छ । बिहान ७ बजे शुरु भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ ।

भिडियो:

 

फोटोफिचर:

election-dharan22

election-dharan20

election-dharan18

election-dharan26

election-dharan24

election-dharan23

election-dharan17

election-dharan16

election-dharan14

election-dharan13

election-dharan12

election-dharan11

election-dharan10

election-dharan7