धरान: धरानमा शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शुरु भएको छ । 

धरान १२ पब्लिक माविको प्राविधिक भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा १० बजेर ४० मिनेटमा मतगणना कार्य शुरु भएको हो । वडा नं १ को मतपेटिका खोलेर मतणना कार्यलाई शुरुवात गरिएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए । उनका अनुसार वडा २ र ३ को पनि मतगणना शुरुवात भएको छ ।

तार जालीको सुरक्षा घेरा भित्र मतगणना शुरु भएको हो । यस्तै, सिसि क्योमरा पनि जाडन गरिएको छ । धरानमा १ लाख ३२४ मतदाता रहेका छन् । शुक्रबार भएको मतदानमा ६२ हजार ८९७ मत खसेको थियो ।

भिडियोसहित:

 




vote-count

mat